पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर
ekagaj.com · Sun Feb 05 16:36:26 GMT 2023
पोखरा - पोखरा महानगरपालिका पोखराको मुख्य बजार क्षेत्रमा सवारी पार्किङ पूर्णरुपमा निषेधको निर्णयबाट पछि हटेको छ । विनाअध्ययन र सल्लाह महानगरले सूचना जारी गरेको भन्दै विभिन्न संघसंस्थाको दबाब पछि महानगर आफ्नै निर्णयबाट पछि हटेको हो । पार्किङ निषेधको निर्णयलाई सरोकारवालाहरुसँगको छलफलपछि आगामी योजना तय गरिने आइतबार विज्ञप्ति मार्फत महानगरले जानकारी दिएको हो ।
माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडकखण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै सवारी पार्किङलाई माघ २३ गतेदेखि पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)