गृहमन्त्री खाँणका पिएसओमाथि अनुसन्धान सुरु
nayapatrikadaily.com · Tue Aug 23 16:05:00 GMT 2022
सुन तस्करसँग संलग्न रहेको आशंकामा गृहमन्त्री बालकृष्ण खाणका पिएसओ नेपाल प्रहरीका वरिष्ठ सइ टंक कार्कीविरुद्ध अनुसन्धान सुरु भएको छ ।
प्रहरीका अनुसार उनलाई अहिले प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई अनुसन्धान भइरहेको छ । घटनामा दोषी देखिए कारबाही गर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले विज्ञप्तिमार्फत जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)