‘सिन्दूर’ मा विपिन र निरुताको इन्ट्री
kalakarmi.com · Mon Oct 05 07:13:13 GMT 2026

काठमाडौं– छायांकनको क्रममा रहेको नयाँ नेपाली फिल्म ‘सिन्दूर’ मा अभिनेता विपिन कार्की तथा अभिनेत्री निरुता सिंह भित्रिएका छन् । फिल्मको छायांकनको सुरुवाती दिनमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री प्रशंसा रायमाझीको मात्र नाम सार्वजनिक भएको थियो । अब, फिल्ममा चर्चित दुई अनुहारको प्रवेश भएको जानकारी निर्माणपक्षले गराएको छ ।
फिल्मका निर्देशक लक्ष्मण सुनारका अनुसार निरुताले केही दिनमै छायांकन थाल्नेछिन् भने विपिनले दशैँपछि फिल्मको छायांकन प्रारम्भ गर्नेछन् । यी दुईको भूमिकाबारे केही पनि खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)