मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

barnanmedia.com · Mon Oct 05 07:04:54 GMT 2026

चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा पुग्नका लागि यात्रा गराउने उद्देश्यले बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको चाप बढ्ने र उनीहरूलाई विभिन्न समस्या पर्न सक्ने भएकाले सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रुको गुनासो सुन्ने, आवश्यक समन्वय गर्ने तथा समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । यात्रु सहायता कक्ष गोठालापानी, सतबाँझ, पाटन, खोडपे, गोकुलेश्वर, खोचलेक, सिमार, हरिपुरबजार, पुर्चौंडी बसपार्क, गाँजरी, रौलेश्वर, ज्याली बजार र भट्टाडमा स्थापना गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)