राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारीमा जुट्दै आयोग
newsofnepal.com · Mon Jan 03 01:09:21 GMT 2022
काठमाडौं ।
राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते हुने उपनिर्वाचनका निम्ति निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ । निर्वाचन कार्यतालिकाअनुसार पर्सि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि आयोगले शनिबारदेखि नै आन्तरिक गृहकार्य शुरू गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँले उम्मेदवारी दर्ता गराउने, त्यसका लागि आवश्यक जनशक्ति खटाउने र दर्तापछि अन्य प्रक्रिया अघि बढाउनेलगायत सबै कार्यका लागि योजना तयार भइसकेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)