रुसमा अज्ञात भाइरसबाट ल्याब कर्मचारीको मृत्यु, २०० जना क्वारेन्टिनमा
lokaantar.com

रुसमा एक २८ वर्षीया महिला प्रयोगशाला (ल्याब) कर्मचारीको रहस्यमय मृत्यु भएपछि ठूलो हलचल मच्चिएको छ । साइबेरियास्थित एक एन्टी-प्लेग रिसर्च इन्स्टिच्युटमा कार्यरत ती महिलाको मृत्युसँगै उनके सम्पर्कमा आएका करिब २०० जनालाई चिकित्सा निगरानी (क्वारेंटाइन) मा राखिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गत सेप्टेम्बर २५ का दिन ल्याबमा काम गर्ने क्रममा जीवित जैविक नमुना बोकेको एउटा टेस्ट ट्युब अचानक फुटेको थियो । त्यसको केही दिनपछि अर्थात् सेप्टेम्बर २९ का दिन उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको स्वास्थ्य अवस्था अति गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि अक्टोबर १ को राति उनको दुःखद निधन भयो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)