मंसिर १ देखि उपत्यकामा मासु बिक्रीमा कडाइ
annapurnapost.com · Mon Oct 05 07:54:52 GMT 2026

काठमाडौं : हिन्दुहरूको ठूलो चाड दसैं नजिकिँदै छ। चाडपर्वको बेला उपत्यका होस् या अन्य ठाउँ मासुको अत्यधिक खपत हुनेगर्छ। हामीले किन्ने सबै मासु पसलले स्वस्थ र सफा मासु दिन्छ भन्ने छैन। कहिले बासी र सडेगलेको मासु किन्न बाध्य छौं।
खसिको भन्दै बाख्रिको मासु र अझ मिसाएको मासु बिक्री गर्ने व्यक्तिहरू पटक–पटक नियमनमा पनि पर्दै आएका छन्। ताजा मासु भनेर महिनौं पुरानो मासु बेच्ने समूह सक्रिय नै छन्। बाटोमा हिँड्दा पनि आँखै छोप्न पर्ने गरी, सडकमै पशु बध गर्ने गरेको धेरै ठाउँ छन्। सडकको धुलो टाँसिने गरी झुन्ड्याएर, थुपारेस, अत्यधिक फोहोर तरिकाले ढुवानी गरेको मासु किन्न हामी बाध्य छौं। अब भने सरकारले पशु बध तथा किनबेचमा कडाइ गर्ने भएको छ। आगामी मंसिर १ गतेदेखि काठमाडौंको सडकमा झुन्ड्याएर राखेको मासुहरू देख्न पाइने छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)