नेपाली बजारमा नम्बर १ स्मार्ट फोन बन्दै ‘रेडमी नोट ११’
abhiyandaily.com
काठमाडौं (अस) । इन्टरनेशनल डेटा कर्पोरेशनको वल्र्डवाइड क्वाटर्ली मोबाइल फोन ट्र्याकर क्यू १ ले नेपालमा ‘रेडमी नोट ११’ नम्बर १ स्मार्टफोन बन्दै गएको दाबी गरेको छ । शाओमीका ब्राण्डहरू विगत २१ महीनादेखि नेपाली बजारमा लगातार शीर्ष स्मार्टफोन बनेको क्यू १ ले दाबी गरेको हो । रेडमी नोट ११ नेपालमा सबैभन्दा बढी भित्रिएको स्मार्टफोन रहेको र रेड्मी १० प्राइम २०२२ तथा रेड्मी ९ ए पनि शीर्ष स्थानमा रहन सफल भएको उक्त रिपोर्टलाई उद्धृत गर्दै शाओमीले दाबी गरेको छ ।
शाओमीले एस १ एक्टिभ, वाच लाइट, टीभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ६, र रेडमी सोनिक बास वायरलेस इयरफोन, पावरब्यांक लगायत ३० ओटा नयाँ इकोसिस्टम उत्पादन पनि सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)