मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्काे सुरक्षा त्रुटि : तारबारबाट विमानस्थलभित्र छिरेका युवक सीधै जहाजको बिजनेस क्लासमा पुगे 

nayapatrikadaily.com · Thu Feb 24 00:31:00 GMT 2022

‘कतिपय स्थानमा पेरिमिटरका तारहरू प्वाल परी यदाकदा बाहिरका व्यक्तिहरूसमेत प्रवेश गर्न सक्ने सम्भावना भएकाले अविलम्ब मर्मत गर्नुपर्ने,’ नेपाल प्रहरीले तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा चुनौतीबारे अध्ययन गरी तयार गरेको रिपोर्टमा दिइएको सुझावको एउटा बुँदा हो यो । विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयलाई फोटोसहित उपलब्ध गराइएको यो रिपोर्टले विमानस्थलको बाहिरी पेरिमिटरमा रहेका तारबार पहिलेदेखि नै प्वाल परेको र त्यहाँबाट मान्छेहरू छिर्दै आएको प्रस्ट हुन्छ ।

तर, यसमा नागरिक उड््डयनका अधिकारी तथा सुरक्षा निकाय गम्भीर नहुँदा एक युवक त्यहीँबाट प्रवेश गरेर सोमबार विमानभित्रैसम्म पुगे । आयल निगमको डिपो रहेको क्षेत्रको तारबार नाघेर रौतहटका हस्पम आलम कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजभित्रै पुगेका हुन् । उनी मानसिक रोगी भएको बताइएको छ । धन्न उनी विमान चढ्ने रहरले मात्र त्यहाँ पुगेका थिए । आपराधिक उद्देश्य लिएर कोही त्यसरी छिरेको भए के हुन्थ्यो ?

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)