मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न साइरन

gorkhapatraonline.com · Mon Jun 08 04:07:31 GMT 2026

मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा स्थानीय समुदायलाई समयमै सचेत गराउने उद्देश्यले बर्दियाको खाता जैविक मार्गमा पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ ।

उज्यालो नेपाल र ग्लोबल नेचर फन्डको आर्थिक सहयोगमा सामुदायिक वन क्षेत्रसँग जोडिएका विभिन्न बस्तीमा साइरन जडान गरिएको हो । वनक्षेत्रबाट हात्ती बस्तीतर्फ प्रवेश गर्न लाग्दा वा बस्तीनजिक पुगेको जानकारी प्राप्त हुनेबित्तिकै साइरन बजाएर स्थानीयलाई सतर्क गराइने व्यवस्था गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)