चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
nepalnews.com · Mon Oct 05 09:01:53 GMT 2026

चितवन। राप्ती नगरपालिका–११ को बेलडाँडा पुग्दा सडकमा खसेको पहिरोले बाटो छेकेको थियो। पहिरो पन्छाएर मोटर गुड्ने बाटो बनाउने प्रयास भइरहेको थियो। एकातिर भिर, अर्कोतिर लोथर खोला। पहिरोले सडकको भाग बगाएको ठाउँबाट पारि जानुपर्ने अवस्था थियो। तल हेर्दा करिब ५०० मिटरभन्दा बढी छाँगाछुर भिर देखिन्थ्यो।
न समाउने ठाउँ थियो, न टेक्ने भरपर्दो आधार। तल लोथर खोला सुसाइरहेको थियो। त्यही जोखिमपूर्ण बाटोबाट स्थानीय बासिन्दा वारपार गरिरहेका थिए। राप्ती नगरपालिका–१२ र १३ मा नागरिकता वितरण गर्न गएको जिल्ला प्रशासन कार्यालयको टोली पनि त्यही बाटो हुँदै अघि बढिरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)