भिआइपी कैदीलाई डिल्लीबजारबाट धपाइँदै! दीपक भट्ट सिन्धुपाल्चोक सरुवा, पहिले नख्खु पुगेका थिए
barnanmedia.com · Mon Oct 05 09:13:41 GMT 2026

सुविधासम्पन्न कारागारका रूपमा चर्चित डिल्लीबजार कारागारमा राखिएका उच्च प्रोफाइलका कैदीहरूको पछिल्ला समय विभिन्न कारागारमा सरुवा हुन थालेको छ। यही क्रममा नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई शनिबार सिन्धुपाल्चोक कारागार सरुवा गरिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका भट्टलाई यसअघि डिल्लीबजारबाट नख्खु कारागार सरुवा गरिएको थियो। सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)