बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी
nepallive.com · Fri Jul 05 05:40:00 UTC 2024

एजेन्सी– बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । हालै भएको निर्वाचनमा उक्त पार्टीले अहिलेसम्म ३९८ सिट जितिसकेको छ।
सरकार बनाउन बहुमतका लागि ३२६ सिट भए पुग्छ। प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिब पार्टीले जम्मा१०६ सिट जितेको छ।
सत्तारुढ ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टी ठूलो क्षति बेहोरेको हो। यसका लागि सुनकले माफी मागेका छन्। सच्चित जरुरी रहेको उनले बताएका छन्।
नेता किएर स्टार्मर बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। स्टार्मरले सामाजिक सञ्जालमा मतदातालाई धन्यवाद दिएका छन् ।
६१ वर्षीय स्टार्मर सन् २०२० को अप्रिलमा लेबरका नेता चुनिएका थिए । त्यसअघि जेरेमी कोर्बिनले नेतृत्व लिएका थिए । नेता चयन हुँदा स्टार्मरले भनेका थिए, ‘यस महान पार्टीलाई नयाँ आशा र विश्वासका साथ नयाँ युगतर्फ अघि बढाउनेछु।’ यसअघि सन् २०१० मा लेबर पार्टीले जित्दा डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१
११:२५
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)