नोबेल पुरस्कारका पाँच तथ्य
hamrakura.com · Mon Oct 05 00:00:00 GMT 2026

काठमाडौँ। मानवताका लागि उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको विश्वप्रसिद्ध ‘नोबेल पुरस्कार’को यस वर्षको विजेता घोषणा असोज १९ देखि २६ गते (अक्टोबर ५ देखि १२) सम्म हुँदै छ। एक शताब्दीभन्दा लामो इतिहास बोकेको नोबेल पुरस्कारमा साङ्गठनिक सङ्घर्ष, उमेरको विविधता, महिला प्रतिनिधित्व र संस्थापक अल्फ्रेड नोबेलको जीवनका अनेकौँ रोचक पक्षहरू जोडिएका छन्।
नोबेल शान्ति पुरस्कारको इतिहासमा पाँच जना विजेताहरू विभिन्न कारणले गर्दा भौतिक रूपमा पुरस्कार समारोहमा उपस्थित हुन सकेका थिएनन्। सन् १९३६ का विजेता कार्ल भोन ओस्सिट्स्की नाजी यातना शिविरमा थिए भने सन् १९९१ की विजेता आङ सान सुकी नजरबन्दमा थिइन्। त्यसैगरी सन् २०१० का विजेता लिउ सियाओबो जेलमा रहेकाले समारोहमा उहाँका लागि राखिएको कुर्सी खाली नै छाडिएको थियो। सन् २०२२ मा जेलमै रहेका एलेस बियालियात्स्कीको प्रतिनिधित्व उहाँकी पत्नी नतालिया पिन्चुकले गरेकी थिइन् भने सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदी पनि पुरस्कार घोषणा हुँदा जेलमै थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)