भाटभटेनीमा २ हजार ५ सय रुपैयाँको खरिदमा टाटा पन्च ईभी जित्ने अवसर
aarthiknews.com

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र सिप्रदी ट्रेडिङले ग्राहकका लागि चाडपर्व योजना सार्वजनिक गरेका छन्। योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने दुई जना ग्राहकले नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्।
योजनाअनुसार भाटभटेनीका देशभरका कुनै पनि स्टोरमा एकपटकमा २ हजार ५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदको बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिने र योजनाको अन्त्यमा एक जना विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी प्रदान गरिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)