डढेलो नियन्त्रणका लागि जीर्ण पोखरी पुनः सञ्चालन अभियान सुरु
gorkhapatraonline.com · Mon Jun 08 04:12:46 GMT 2026

वन क्षेत्रमा बढ्दो डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन अर्घाखाँची डिभिजन वन कार्यालयले जिल्लाभर रहेका जीर्ण तथा प्रयोगविहीन पोखरीहरूको खोजी तथा पुनः सञ्चालन अभियान सुरु गरेको छ।
गर्मी बढेसँगै वन डढेलोका घटना तीव्र रूपमा बढ्न थालेपछि दीर्घकालीन समाधानका रूपमा पानी सङ्कलन संरचनाको संरक्षण र उपयोगमा कार्यालयले विशेष ध्यान दिएको हो। जिल्लाका विभिन्न स्थानमा सरकारी तथा गैरसरकारी निकायबाट निर्माण गरिएका धेरै पोखरी हाल मर्मत अभावका कारण प्रयोगविहीन अवस्थामा पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)