मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङ घटना : युवतीलाई रङ दलेको निहुँले निम्त्याएको दुर्घटना, संदिग्धको खोजी सुरु 

nepallive.com · Tue Mar 30 00:40:00 GMT 2021

काठमाडौं- बागलुङको बडिगाड गाउँपालिका-१० बल्देधुरीमा आइतबार साँझ दुई युवकको शव भेटियो। निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको थियो। गोरेटो बाटो भन्दा करिब ५ सय मिटर मुन्तिर उनीहरुको शव भेटिएको थियो।

स्थानीयले गोरेटो बाटोमुनि अर्धचेत अवस्थामा दुई युवक पल्टिरहेको बताएपछि प्रहरी घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो। घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले घटनाको कारण भने एक समूहकी युवतीलाई अर्को समूहका युवकले जबरजस्ती रङ दल्दा निस्किएको परिणमाको रुपमा औंल्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)