कांग्रेसलाई हरेक दिन जनताको बीचमा उभ्याउने संकल्पसहित महामन्त्रीमा रञ्जित कर्णको उम्मेदवारी
lokaantar.com

नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघको संगठनात्मक राजनीतिबाट राजनीतिक यात्रा शुरू गरेका कर्णले कांग्रेसलाई निर्वाचनका बेला मात्र नभई हरेक दिन जनताको बीचमा उभिने विश्वसनीय राजनीतिक शक्ति बनाउने संकल्पसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो उम्मेदवारीको औचित्य ८ बुँदामा स्पष्ट पार्दै जारी विज्ञप्तिमा कर्णले कांग्रेसलाई विचारमा स्पष्ट, संगठनमा सक्रिय, आचरणमा अनुशासित, शासनमा जवाफदेही र जनतासँग निरन्तर जोडिएको पार्टी बनाउने आफ्नो उद्देश्य रहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)