मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने

swasthyakhabar.com · Mon Oct 05 09:55:39 GMT 2026

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण-पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद 'क्षेत्रीय निर्देशक'का लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि खाली भएको उक्त शीर्ष पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई अघि सार्ने तयारी गरेको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. मिश्रालाई डब्लुएचओ सेरोको नेतृत्वमा पुर्‍याउन सरकारले निर्णयसहित सदस्य राष्ट्रहरूसँग कूटनीतिक समन्वय र समर्थनका लागि लबिङ सुरु गरिसकेको छ। डब्लुएचओले नयाँ क्षेत्रीय निर्देशक चयनको औपचारिक कार्यतालिका चाँडै सार्वजनिक गर्ने तयारी गरे पनि आगामी अक्टोबर १२ मा मनोनयन आह्वान गरी आगामी जनवरी २४ मा निर्वाचन गर्ने तयारी भइरहेको छ। यस पदका लागि नेपालबाहेक भुटान, माल्दिभ्स र श्रीलंकाले पनि आ-आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)