मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी

onlinekhabar.com · Thu Jun 04 06:59:56 GMT 2026

२१ जेठ, विराटनगर । झापाको दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या अनुसन्धानमा प्रहरी अल्मलिएको छ । गत जेठ १६ गते शनिबार रतुवा खोलामा बोरामा प्याक गरेर फालिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरी निष्कर्षमा पुग्न अल्मलिएको हो ।

प्रहरीका अनुसार रमा गत हप्ता बुधबार राति घरबाट निस्किएकी थिइन् । शनिबार बिहान करिब ११ बजे सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा उनको शव भेटिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय