बझाङमा एक जनाले मात्रै बुझाए हातहतियार
lokpath.com · Fri Nov 04 16:35:30 GMT 2022
धनगढी । बझाङमा अहिलेसम्म १ जनाले मात्रै हातहतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो । सोही अनुसार जिल्लाभरिमा १ जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)