हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो
khabarhub.com · Mon Oct 05 10:14:24 GMT 2026

भोजपुर – हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो परेको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा किसानले खेतबारी खनजोत गरी हिउँदे आलु लगाउने कामलाई तीव्रता दिएका हुन् ।
छोटो समयमै उत्पादन लिन सकिने र स्थानीय बजारमा बिक्री गर्न सहज हुने भएपछि किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाका बोखिम, दावा, पोखरे, टक्सार, कोट, दलगाउँलगायतका क्षेत्रमा हिउँदे आलुको खेती हुँदै आएको छ । किसानले आफ्नो खेतबारीमा अन्य बालीको तुलनामा कम समयमै उत्पादन लिन सकिने भएकाले आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)