युट्यूव ट्रेण्डिङको शीर्ष स्थानमा ‘बाटुलो जून’ को टिजर
kalakarmi.com · Mon Oct 05 10:29:58 GMT 2026

काठमाडौं– सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘बाटुलो जून’ को टिजर रिलिजसँगै चर्चाको केन्द्रमा छ । अभिनेता अनमोल केसी स्टारर यो फिल्मको टिजर सामाजिक सञ्जालमा लोकप्रिय बनिरहँदा युट्यूव ट्रेण्डिङको शीर्ष स्थानमा आउन सफल भएको छ ।
शुक्रवार सार्वजनिक भएको ‘बाटुलो जून’ को टिजर रिलिजको पहिलो तीन दिनमै युट्यूवको फिल्म चार्टतर्फ नेपालमा पहिलो नम्बरमा आएको हो । नेपालसँगै विभिन्न एक दर्जनबढि देशमा टिजर ट्रेण्डिङमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)