कपिलवस्तु कारागारको २ नम्बर ब्लक कैदीबन्दीको नियन्त्रणमा
rajdhanidaily.com · Mon Jun 29 14:02:04 GMT 2026

कपिलवस्तु । कपिलवस्तु कारागारको २ नम्बर ब्लकमा रहेका कैदीबन्दीले आइतबार दिउँसोदेखि कारागारको भित्री भाग आफ्नो नियन्त्रणमा लिएका छन्। दिउँसो करिब २ बजेदेखि सुरु भएको घटनापछि कारागारभित्र तनाव उत्पन्न भएको छ भने जिल्ला सुरक्षा समितिले वार्तामार्फत अवस्था सामान्य बनाउने प्रयास गरिरहेको छ।
आन्दोलनरत कैदीबन्दीका प्रतिनिधि नारायण वलीले कारागार प्रशासनबाट लामो समयदेखि हुँदै आएको भनिएको ज्यादती, दुर्व्यवहार र सेवा–सुविधामा भइरहेको अनियमितताविरुद्ध आफूहरू आन्दोलनमा उत्रिएको दाबी गरेका छन्। उनीहरूका अनुसार २ नम्बर ब्लकका मूलनाइके केयरसिंह खत्री, सहनाइके विजय खत्री र अर्जुन थारुलाई भित्रै नियन्त्रणमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)