मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आर्कटिक क्षेत्रमा अमेरिकी चासो बढाउँदै रुबियो

ratopati.com · Mon Oct 05 10:39:11 GMT 2026

अमेरिका। आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा र आर्थिक चासो बढिरहेका बेला विदेशमन्त्री मार्को रुबियोले सोमबार आइसल्यान्डको भ्रमण गर्दैछन् । ग्रिनल्यान्डमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबिच सुरक्षा सम्झौता भएको दुई सातापछि हुन लागेको भ्रमणमा आर्थिक तथा सुरक्षा सहकार्यबारे छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सम्झौताअनुसार अमेरिकाले ग्रिनल्यान्डमा दुई नयाँ सैन्य आधार स्थापना गर्ने योजना बनाएको छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड खरिद वा विलय गर्ने धम्की दिएका थिए । आर्कटिकमा रूस र चीनको चासो बढिरहेका बेला अमेरिकाले आफ्नो पहुँच सुदृढ गर्न खोजिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)