सरकारका काममा पार्टीको हस्तक्षेप छैन : महामन्त्री आचार्य
nepalnews.com · Mon Oct 05 10:42:03 GMT 2026

दाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले दाङको पूर्वाधार विकाससहित हरेक विकासका लागि आफू सकारात्मक रहेको बताएका छन्। आज घोराहीमा पत्रकारसँगको भेटमा उनले आफ्नो कार्यकालमा जिल्लामा रहेका विद्यमान समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए।
दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महामन्त्री आचार्यले टरिगाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। यहाँका नागरिकलाई हरेक सेवा सुविधाको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)