नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि पहिलोपटक इजलासमा फर्किइन् सपना
corporatenepal.com · Mon Jun 08 04:13:56 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल करिब २० दिनको बिदापछि पुनः न्यायिक जिम्मेवारीमा फर्किएकी छन्। नयाँ प्रधानन्यायाधीश नियुक्त भएपछि बिदामा बसेकी मल्ल सोमबार सर्वोच्च अदालतमा उपस्थित भई नियमित कामकाजमा संलग्न भएकी हुन्।
अदालतमा हाजिर भएसँगै उनले मुद्दा सुनुवाइको जिम्मेवारी पनि सम्हाल्ने भएकी छन्। सोमबारका लागि उनको एकल इजलास तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलासमा समेत उनी सहभागी हुने कार्यक्रम रहेको छ।
Advertisement
यसअघि कायममुकायम प्रधान न्यायाधीशको भूमिका निर्वाह गरिसकेकी मल्ल प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट रहेको चर्चा चलेको थियो। सरकारले प्रधानन्यायाधीश पदमा मनोजकुमार शर्मालाई नियुक्त गरेपछि उनी भोलिपल्टदेखि बिदामा बसेकी थिइन्।
प्रधानन्यायाधीश नियुक्तिपछि लामो समय अदालतको नियमित कामकाजबाट टाढा रहेकी मल्ल सोमबार पहिलोपटक अदालत फर्किएकी हुन्। उनको पुनरागमनसँगै सर्वोच्च अदालतमा नियमित सुनुवाइ प्रक्रियामा उनी पुनः सक्रिय बनेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ
सपना प्रधान मल्ल