गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविर सम्पन्न
swasthyakhabar.com · Mon Jun 08 04:16:52 GMT 2026

दमौली - तनहुँ गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश आयुर्वेद चिकित्सालय, दमौली, तनहुँको आयोजना तथा भिमाद आयुर्वेद औषधालयको समन्वयमा भिमादमा दुई दिवसीय गुदारोग सम्बन्धी विशेष आयुर्वेद स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
भिमाद आयुर्वेद औषधालय, भिमाद, तनहुँको प्राङ्गणमा यही जेठ २३ र २४ गते (शनिबार र आइतबार) सञ्चालन भएको शिविरमा गुदारोग अन्तर्गत पर्ने पाइल्स, फिस्टुला र फिसर लगायतका समस्याबाट पीडित बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको थियो। उक्त शिविरमा नरदेवी आयुर्वेद अस्पताल, काठमाडौँमा कार्यरत अनुभवी शल्य चिकित्सक डा. रमेश पौडेल तथा प्रदेश आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सकहरूको प्राविधिक टोलीले प्रत्यक्ष सेवा प्रदान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)