कुल मतदाता १ करोड ७७ लाख ३३ हजार
rajdhanidaily.com · Sun Mar 27 23:19:31 GMT 2022
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम सूची सार्वजनिक गरेको छ । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुन पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम दर्ता भएकाको अन्तिम जाँचबुझ गरी आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो ।
जसअनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता कायम भएका छन् । आयोगले सार्वजनिक गरेको नामावलीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना कायम भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)