मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीएको प्रमाणपत्र बोकेर नगर प्रहरीको लाइनमा

nepalnews.com · Mon Oct 05 11:15:01 GMT 2026

विराटनगर। १६ असोज शुक्रबार दिउँसो। विराटनगर महानगरपालिकाको नगर प्रहरी महाशाखा अगाडि युवाहरूको बाक्लो आउजाउ थियो। हातमा नागरिकता, चारित्रिक प्रमाणपत्र र शैक्षिक योग्यताका कागजात मिलाउँदै गरेकी भेटिइन्, मोरङको कटहरी गाउँपालिका-६ की २७ वर्षीया सुष्माकुमारी मगर।

सुष्माले काखीमा च्यापेको पारदर्शी प्लास्टिकको फाइलमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको ‘बीएड’ (शिक्षाशास्त्रमा स्नातक) तहको लब्धाङ्कपत्र प्रस्ट देखिन्थ्यो। उनले एक वर्षअघि मात्रै स्नातक तह पूरा गरेकी हुन्। २०७१ सालमा एसईई र २०७४ मा उच्च माध्यमिक तह (+२) उत्तीर्ण गरेकी सुष्मा अहिले महानगरको ‘नगर प्रहरी जवान’ पदका लागि आवेदन फाराम भर्दै थिइन्। उक्त पदका लागि महानगरले न्यूनतम शैक्षिक योग्यता साधारण आठ कक्षा उत्तीर्ण तोकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)