अल अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप
ratopati.com · Thu Apr 06 23:20:00 GMT 2023
जेरुसेलम । इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् ।
प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ । इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा प्रहरीले स्टन ग्रेनेड र रबरको गोली प्रयोग गरेर उपासकहरूलाई तितरबितर पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)