जीवन बीमा कम्पनीहरूलाई बीमा रकम भुक्तानी सहज बनाउन प्राधिकरणको ८ बुँदे निर्देशन
nepalsamaya.com · Mon Oct 05 11:24:19 GMT 2026

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बीमित र बीमितका हकवालालाई बीमा रकम भुक्तानी सहज बनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई ८ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितलाई बीमा तथा पुनर्बीमा सम्बन्धी रकम भुक्तानीमा सहजता ल्याउने उद्देश्यले प्राधिकरणले यस्तो व्यवस्था गरेको हो।
प्राधिकरणले जीवन तथा लघुजीवन बीमकहरूलाई जारी गरेको निर्देशनमा कागजात नष्ट भएको, बीमालेख उपलब्ध नभएको तथा बीमित बेपत्ता भएको अवस्थासमेतलाई ध्यानमा राखेर प्रक्रिया सरल बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)