मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युद्ध र आपूर्ति अवरोधले बढाएको निर्माण सामग्रीको मूल्य समायोजन गरिने

clickmandu.com · Mon Oct 05 11:20:20 GMT 2026

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक रूपमा बढेको निर्माण सामग्रीको मूल्यलाई सम्बोधन गर्न सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन गर्ने निर्णय गरेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरिएको हो। निर्णयअनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट र डण्डीमा असाधारण मूल्यवृद्धि भएको अवस्थामा विशेष मूल्य समायोजन उपलब्ध गराइनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)