‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने
kendrabindu.com · Mon Jun 29 14:06:36 GMT 2026

काठमाडौं । सुपरहिट चलचित्र ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको नयाँ नेपाली चलचित्र ‘जलाकी’ ले प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता जगाउन थालेको छ । निर्माण टिमले चलचित्रका दुई फरक भाव बोकेका आकर्षक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउने घोषणा गरेको हो ।
असार १५को अवसरमा सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनाम तोप्देन र उपासना सिंह ठकुरीलाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ । एउटा पोस्टरले प्रेम, आत्मीयता र विश्वासको उज्यालो पक्ष चित्रण गर्छ भने अर्को पोस्टरले मौनता, पीडा र सम्बन्धभित्रको भावनात्मक संघर्षलाई उजागर गरेको छ । यी दुई पोस्टरले चलचित्र केवल एउटा प्रेमकथा मात्र नभई प्रेमका अनेक आयाम, सम्बन्धका उतारचढाव र जीवनका संवेदनशील क्षणहरूको कथा भएको संकेत गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)