मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नौमती बाजा संरक्षणमा महिला

gorkhapatraonline.com · Mon Jun 08 04:20:17 GMT 2026

घोराही उपमहानगरपालिका–१३, डुम्बरगाउँका महिला लोपोन्मुख नौमती बाजा संरक्षणसँगै आम्दानी गर्दै आएका छन् । युनिक नौमती बाजा संरक्षण संस्था दर्ता गरेर दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा बजाउँदै मौलिक संस्कृति जोगाउने अभियानमा जुटेका महिलाले बाजा बजाएर आम्दानीसमेत गर्दै आएका छन् ।

युनिक नौमती बाजा संरक्षण संस्थाकी अध्यक्ष दिलकुमारी घर्तीमगरले नौमती बाजा बजाएर परम्परागत कलासंस्कृतिको संरक्षणसँगै आर्थिक रूपमा आम्दानीसमेत भइरहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)