बालबालिका चोरी ‘हल्ला मात्रै’
annapurnapost.com · Thu Sep 15 00:37:00 GMT 2022
जनकपुरधाम : रौतहटको इशनाथ नगरपालिका—८ मा स्थानीयहरूले गत शनिबार करिब ६० वर्षीय एक वृद्धलाई कुटपिट गर्दै बालबालिका चोरेको आरोपमा प्रहरीको जिम्मा लगाए। हिन्दी र बंगाली भाषा मात्रै बोल्न सक्ने ती वृद्ध प्रतिस्थानीयहरू निकै आक्रोशित भएका थिए। प्रहरीले समयमै उनलाई नलगेको भए अप्रिय घटना हुन सक्ने सम्भावनासमेत थियो। तर, पछि प्रहरीले ती व्यक्ति मानसिक रोगी रहेको भन्दै छाड्यो।
गत बुधबार वीरगन्जमा बालबालिका चोर्न आएको आशंकामा तीन जना भारतीय महिलाहरूलाई स्थानीयहरूले नियन्त्रणमा लिएर प्रहरीमा बुझाए। भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको नरकटीयागन्जको पकडी ढाला घर भएका अन्दाजी ५० वर्षीया सयरी खातुन, मयरुन नेशा र छतौटी खातुनलाई स्थानीयले छपकैया बजारबाट नियन्त्रणमा लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)