मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुन- कुन वस्तुमा सरकारले समायोजन गर्दैछ मूल्य ?

kalakarmi.com · Mon Oct 05 11:48:33 GMT 2026

काठमाडौं- अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि सरकारले सार्वजनिक निर्माण आयोजनाका लागि विशेष मूल्य समायोजन लागू गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। सरकारको यो निर्णयले मूल्य वृद्धिका कारण लागत व्यवस्थापनमा समस्या परेका निर्माण व्यवसायी तथा चालु सार्वजनिक आयोजनालाई राहत दिने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)