बर्लिनमा मार्टिनलाई दीर्घसाधना सम्मान
ekantipur.com · Thu Feb 22 00:43:08 GMT 2024
काठमाडौँ — वरिष्ठ फिल्मकर्मी मार्टिन स्कोरसेजीलाई बर्लिन फिल्म फेस्टिभलमा दीर्घसाधना सम्मान(लाइफटाइम अचिभमेन्ट) बाट सम्मान गरिएको छ । फेस्टिभलको गोल्डेन वियर अनर अवार्ड दिँदै मार्टिनलाई सम्मान गरिएको हो ।
फेस्टिभल आयोजकले मार्टिन निर्देशित फिल्म 'किलर्स अफ फ्लावर मुन'लाई उनको पछिल्लो ठूलो उपलब्धिको रुपमा उल्लेख गरेका छन् । मार्टिनको यो फिल्म ओस्कर मनोनयनमासमेत परेको छ । 'जसले फिल्मलाई कथालाई आकार दिने कलाका रुपमा हेर्छन्, त्यसमा पनि मार्टिन बेजोड उदाहरण हुन्,'फेस्टिभल अध्यक्षद्वय म्यारियट र कार्लोले मार्टिनलाई अवार्ड दिँदै भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)