याङ्ग्री र लार्के आएपछि मात्र चौबीसै घण्टा पानी दिन सक्छौं
karobardaily.com · Wed Apr 07 00:39:43 GMT 2021
स्वच्छ र सफा पानी सहज रूपमा पाउनु जनताको मौलिक हक हो । लामो समयसम्म खानेपानीको चरम अभाव झेलिरहे उपत्यकावासीले । पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई २०४८ सालको आमनिर्वाचनमा काठमाडौं–१ बाट उम्मेद्वार थिए । चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका उपत्यकाका मतदाताबाट भोट तान्नका लागि ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे । धेरैले पत्याएनन् । उनको नारालाई धेरैले ठट्टाकै रूपमा लिए, तर आज उनले देखेको सपना पूरा भएको छ । उनको सपनाले सार्थकता पाएको छ । धेरै उपत्यकावासीको मन–मस्तिष्कमा छाप परेको छ कि सपना देख्नुपर्छ र देखिएका सपनालाई पछ्याउने हो भने असम्भव केही रहेनछ । जसरी कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा भएको छ । आज मेलम्चीको पानी उपत्यकावासीको धारा–धारामा आउन थालेको छ । वर्षौंपछिको प्रतीक्षाको घडी अब भने समाप्त भएको छ । तर, अब मेलम्चीको पानीले मात्रै हाम्रो माग पूरा होला ? अझै कति आवश्यक पर्छ भन्ने प्रश्न उठेको छ । मेलम्चीको पानी आएपछि उपभोक्ताको आवश्यकता पूरा गर्न सहज भए पनि माग भने पूरा नहुने बताउँछन्, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य । शाक्यसँग मेलम्ची खानेपानी वितरणको अवस्था, आगामी रणनीति, चुनौती र समाधानका विषयमा कारोबारकर्मी
प्रगति ढकाल
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)