कांग्रेसमा लेबी बढाउने प्रस्ताव, प्रदेश कार्यसमितिलाई वार्षिक ५ लाख
onlinekhabar.com · Mon Oct 05 11:57:13 GMT 2026

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले सदस्यले बुझाउने लेबी (सदस्यता दस्तुर) बढाउने प्रस्ताव गरेको छ। जारी १५औं महाधिवेशनको बन्दसत्रमा कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको आर्थिक अवस्था सुधारका लागि लेबीसम्बन्धी नयाँ प्रस्ताव पेस गरेका हुन्।
श्रेष्ठको आर्थिक प्रतिवेदनमा पार्टीको नियमित आम्दानी बढाउन विभिन्न तहका नेता, पदाधिकारी, सदस्य तथा कार्यसमितिबाट उठाइने लेबी तथा शुल्क तोकिएको छ । कोषाध्यक्ष श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदनमा प्रदेश कार्यसमितिले वार्षिक ५ लाख रुपैयाँ लेबी बुझाउनुपर्ने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)