मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

लायन्स क्लब अफ काठमाडौं निर्वानाको साइबर सचेतना कार्यक्रम

annapurnapost.com · Mon Oct 05 11:56:54 GMT 2026

काठमाडौं : प्रविधिको बढ्दो प्रयोगसँगै निम्तिन सक्ने साइबर जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ लायन्स क्लब अफ काठमाडौं निर्वानाले 'साइबर सुरक्षा तथा कानुनी प्रबन्धन सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

तीनकुनेस्थित लन्डन कलेजमा शुक्रबार आयोजित कार्यक्रममा कलेज तहका विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा विद्यार्थीलाई साइबर अपराध, अनलाइन ठगी, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र व्यक्तिगत गोपनीयताका विषयमा विस्तृत जानकारी दिइएको थियो । साथै, पासवर्ड सुरक्षा, फिसिङ र साइबर बुलिङका असरबारे सचेत गराउँदै साइबर सुरक्षासँग सम्बन्धित विद्यमान कानुनी प्रावधानबारे समेत व्यावहारिक ज्ञान दिइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)