फर्जी मत खसेपछि बारामा कांग्रेसको निर्वाचन स्थगित
annapurnapost.com · Sun Mar 06 06:48:00 GMT 2022
वीरगन्ज : बारामा नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा फर्जी मत खसेको पाइएपछि विवाद हुँदा निर्वाचन नै रद्द गरिएको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैया स्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा शनिबार जारी मतदानका क्रममा बेलुकी साढे ७ बजेतिर विवाद भएपछि निर्वाचन रद्द स्थगित गरिएको हो ।
एक पक्षले मतपत्र कब्जामा लिएर फर्जी मत खसालेको भन्दै अर्को पक्षले विवाद झिकेर नाराबाजी गरेको थियो। कांग्रेसका केही नेता कार्यकर्ताले मतपत्र कब्जामा लिएर फर्जी मत खसालेको विषयमा विवाद भएपछि निर्वाचन रद्द गरिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)