तीन सहरमा प्रभातफेरी गरेर सुरु गरियो विश्व लगानीकर्ता सप्ताह
aarthiknews.com

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह (डब्लूआईडब्लू) २०२६ को पहिलो दिन नेपालका तीन प्रमुख सहरमा प्रभातफेरी आयोजना गरिएको छ। नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा असोज १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी गरिएको हो ।
पूँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रभातफेरीमा बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता लगायत पूँजी बजारसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)