सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने
khabarhub.com · Mon Oct 05 12:08:34 GMT 2026

एजेन्सी – क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा कार्ल डिसेरोथ, पिटर हेगेम्यान र जर्ज नागेललाई प्रदान गर्ने निर्णय गरेको छ । उनीहरूलाई ‘लाइट-गेटेड आयन च्यानल’ र ‘अप्टोजेनेटिक्स’ सम्बन्धी महत्वपूर्ण वैज्ञानिक खोजका लागि यो प्रतिष्ठित पुरस्कार दिइएको हो ।