जीवन परियार र गोविन्द भट्टराईले उपसभापतिमा उम्मेदवारी दिने
nepalpress.com · Mon Oct 05 12:08:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय जीवन परियार र गोविन्द भट्टराईले पार्टी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। परियार र भट्टराईले आज औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसको महाधिवेशन हिजोदेखि काठमाडौंमा जारी छ। परियार पूर्वसहमहामन्त्री हुन्। शेखर कोइरालानिकट रहेका परियार अहिले संस्थापन पक्षतिर खुलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)