निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय
khabarhub.com · Mon Oct 05 12:13:54 GMT 2026

काठमाडौं – निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा १ (क) बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको हो ।
अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक मूल्यवृद्धि भएका पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डण्डी को हकमा २०८२ चैत १५ गरेपश्चात् समेत कार्यसम्पादन अवधि कायम रही सञ्चालनमा रहेका सार्वजनिक निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतका आधारमा विशेष मूल्य समायोजन गरिने मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)