कमजोर आर्थिक अवस्थामा कांग्रेस, अब चन्दा नउठाउने
ratopati.com · Mon Oct 05 12:19:17 GMT 2026

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको आर्थिक अवस्था अत्यन्तै कमजोर र चुनौतीपूर्ण रहेको जनाएको छ । काठमाडौँमा जारी पार्टीको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार पार्टीको नियमित आम्दानीले साधारण खर्चसमेत धान्न मुस्किल परेको यथार्थ सार्वजनिक गरिएको हो।
कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक यथार्थ प्रस्तुत गर्दै अहिले वार्षिक खर्च नै जुटाउन नसक्ने अवस्था रहेको बताएका छन् । ‘साधारण खर्च नै वार्षिक ३ करोड भन्दा बढी हुन्छ। अन्य खर्च, चुनाव र महाधिवेशन सबै धान्न धेरै नै गाह्रो छ,’ आर्थिक प्रतिवेदनमा उनले भनेका छन् । उनले चालु आर्थिक वर्षमा मात्रै पार्टीलाई पुँजीगत तर्फ १० करोडभन्दा बढी रकम आवश्यक रहेको औँल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)