जगदम्बा मोटर्सले नेपालमा सार्वजनिक गर्यो टीभीएस रोनिनका दुई नयाँ भेरिएन्ट
nepalpress.com · Thu Jun 04 07:03:21 GMT 2026

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले प्रिमियम मोटरसाइकल ‘टीभीएस रोनिन’ (TVS Ronin) का दुई नयाँ भेरिएन्टहरू- मोनोटोने (Monotone) र एगोन्डा (Agonda) नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित एक साङ्गीतिक कार्यक्रमबीच यी नयाँ भेरिएन्टहरूको अनावरण गरिएको हो । आधुनिक-रेट्रो डिजाइन र शक्तिशाली इन्जिनका साथ आएका यी मोटरसाइकलले नेपालको प्रिमियम मोटरसाइकल खण्डमा आफ्नो उपस्थिति थप मजबुत बनाउने कम्पनीले विश्वास लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)