कांग्रेस महाधिवेशन : वडादेखि नै लेबी बढाउने कोषाध्यक्ष श्रेष्ठको प्रस्ताव
baahrakhari.com · Mon Oct 05 12:27:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले आफ्नो आर्थिक प्रतिवेदनमा पार्टीमा सदस्यता दस्तुर (लेबी) बढाउने प्रस्ताव गरेका छन् ।
खुलामञ्चमा जारी कांग्रेस महाधिवेशनको बन्दसत्रमा श्रेष्ठले यस्तो प्रस्ताव गरेका हुन् । श्रेष्ठको आर्थिक प्रतिवेदन कार्यान्वयनमा आएमा जनप्रतिनिधिको हकमा संघीय सांसददेखि वडा अध्यक्षसम्मबाट एक महिनाको तलब बराबरको रकम पार्टीलाई दस्तुर बुझाउनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)