आर्मी र पुलिस फाइनलमा
ekantipur.com · Sat Mar 26 01:07:54 GMT 2022
धनगढी — त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल भिड्ने भएका छन् ।
शुक्रबार सेमिफाइनलमा आर्मीले विभागिय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–१ को सेटले हरायो । आर्मीले २५–२१, २५–१६ ले लगातार दुई सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट २४–२६ ले गुमायो । चौथो सेटमा लय समात्दै २५–१८ ले सेट आफ्नो पक्षमा पार्दै आर्मी फाइनल पुगेको हो । म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)